काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेता असुरक्षित भएको घटनामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन्। प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो। हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने। त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’