Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोइरालाको भेला दबाब बढाउन मात्रै, १५ औं महाधिवेशन निष्पक्ष बनाउन गगन पक्ष सक्रियः महामन्त्री पौडेल

कोइरालाको भेला दबाब बढाउन मात्रै, १५ औं महाधिवेशन निष्पक्ष बनाउन गगन पक्ष सक्रियः महामन्त्री पौडेल

  • बिहिवार, श्रावण २१ २०८३

  • 239
    SHARES

  • कोइरालाको भेला दबाब बढाउन मात्रै, १५ औं महाधिवेशन निष्पक्ष बनाउन गगन पक्ष सक्रियः महामन्त्री पौडेल

    काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेता डा. शशांक कोइरालाको नेतृत्वमा बोलाइएको भेला पार्टीभित्र सामान्य दबाब बढाउन मात्र केन्द्रित रहेको दाबी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा कुराकानी गर्दै महामन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले आगामी १५ औं महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्रका सबै पक्षबीच आपसी समझदारी कायम गरेर एकताको प्रयासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे। कांग्रेसभित्र आन्तरिक एकता बलियो बनाउन संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । यसैगरी महामन्त्री पौडेलले पार्टीभित्र सभापति गगन थापा पक्ष महाधिवेशनको निष्पक्षता सुनिश्चित गर्न लागिपरेको जानकारी दिए । १५ औं महाधिवेशनलाई धाँधलीरहित, पारदर्शी र लोकतान्त्रिक अभ्यासका रूपमा सम्पन्न गर्न गगन पक्षको प्रयास निरन्तर जारी रहने उनले स्पष्ट पारे ।


    बिहिवार, श्रावण २१ २०८३०९:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij