Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढी–पहिरो प्रभावितका लागि १ करोड सहयोग

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढी–पहिरो प्रभावितका लागि १ करोड सहयोग

  • आइतवार, भाद्र १४ २०८३

  • 75
    SHARES

  • एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढी–पहिरो प्रभावितका लागि १ करोड सहयोग

    काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। कम्पनीले यसअघि घोषणा गरेको उक्त रकम आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो।

    विपद्को कठिन परिस्थितिमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ। बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा नागरिक प्रभावित भइरहेका बेला उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट समेत सहयोग जुटिरहेको छ। यही क्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड रुपैयाँ सहयोग गरेको हो।

    सहयोग हस्तान्तरणका क्रममा कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, विपद्को समयमा नागरिकको उद्धार तथा राहतमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ।

    कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ। आगामी दिनमा समेत राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोगलाई निरन्तरता दिने एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले जनाएको छ। कम्पनीको १ करोड रुपैयाँ सहयोगले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।


    आइतवार, भाद्र १४ २०८३०६:५५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij