Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

  • बुधवार, कार्तिक १० २०७८

  • 580
    SHARES

  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो राजीनामा दिएकी छन्। बुधबार बागमती प्रदेश सभामा सम्बोधन गर्दै शाक्यले राजीनामा दिएको घोषणा गरेकी हुन्।

    'संविधानको धारा १६९ (१) (क) मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले, सरकारको सिंगो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छुु',  उनले भनिन्।

    गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएको शाक्यको दल नेकपा एमाले विभाजनसँगै अल्ममतको सरकार चलाउँदै आएकी थिइन्।

    तर, पार्टी विभाजनसँगै विश्वासको मत लिनुपर्ने बाध्यताका कारण उनले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। जसमाथि कात्तिक ४ गते नै छलफल भएको थियो। सो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आज राजीनामा घोषणा गरेकी हुन्।

    उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् ।

     


    बुधवार, कार्तिक १० २०७८०२:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij