Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मात्र लगाइँदै

काठमाडौँमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मात्र लगाइँदै

  • मंगलवार, कार्तिक ९ २०७८

  • 925
    SHARES

  • काठमाडौँमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मात्र लगाइँदै

    काठमाडौँ । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना जारी गर्दै काठमाडौँका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकालाई आजदेखि दास्रो डोज खोप दिइने जनाएको छ ।

    सूचना अनुसार काठमाडौँ महानगरपालिकासँगै कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइने छ ।

    छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने छ । यी अस्पतालमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुने छ भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

    काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।


    मंगलवार, कार्तिक ९ २०७८०७:०१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij