Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिँदैछन्ः ओली

सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिँदैछन्ः ओली

  • सोमवार, कार्तिक ८ २०७८

  • 860
    SHARES

  • सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिँदैछन्ः ओली

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको भन्दै यसमा टुप्पो (प्रधान न्यायाधीश) मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको टिप्पणी गर्नुभएको छ ।

    गृहजिल्ला झापामा रहेका ओलीले गौरादहमा आयोजित कार्यक्रममा न्यायाधीशहरु आफैँ आरोप प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँमा नभएको जात्रा देखाइरहेको बताउनुभयो ।

    ओलीले अदालत सट्टा पट्टामा चलेको र सत्ता गठबन्धनसँग मिलेमतो गर्दा न्यायको हुर्मत लिइएको बताउनुभयो ।

    ‘अदालतको हुर्मत लिने काम भइरहेको छ। कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन्, कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ । हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौँ विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैँ आरोप–प्रत्यारोप र मारामार गरेका छन्’, ओलीले भन्नुभयो ।


    सोमवार, कार्तिक ८ २०७८०५:४९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij