Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेले मंगलवार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दै , ओलीले उद्घाटन गर्ने

एमालेले मंगलवार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दै , ओलीले उद्घाटन गर्ने

  • सोमवार, कार्तिक ८ २०७८

  • 965
    SHARES

  • एमालेले मंगलवार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दै , ओलीले उद्घाटन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले राष्ट्रिय महाधिवेशनको गृहकार्यमा जुटेको छ । महाधिवेशनअघि वडा र पालिका अधिवेशनमा सम्पन्न गर्ने तयारीमा रहेको एमालेले कात्तिक ९ गते भोलि देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ ।

    सो पार्टीले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

    एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सवैमा अधिवेशन हुने तामाङले जानकारी दिनुभयो। अधिवेशनमार्फत ५ सदस्यीय पदाधिकारी छानिने छन् । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।

    पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले यसअघि कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो ।

     


    सोमवार, कार्तिक ८ २०७८०५:३७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij