Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्छ : पौडेल

डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्छ : पौडेल

  • शनिवार, कार्तिक ६ २०७८

  • 530
    SHARES

  • डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्छ : पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित रहेको बताउँदै त्यहाँ पुनः अधिवेशन हुनुपर्नेमा जोड दिए ।

    शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको छ ।

    त्यो अधिवेशन अधुरो हुन्छ । पार्टीको वैधानिक प्रक्रिया पूरा गरेर डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ ।’ डडेल्धुरा काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो ।

    उनले पार्टीको बिभिन्न स्थानमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र छानविन समितिले निर्वाचन कार्यालयमा बुझाएको नामहरूमा पनि तलमाथि पारिएको आरोप लगाए । उनले भने, ‘पार्टीको निर्वाचन प्रक्रिया स्वच्छ हुनुपर्छ, मैले पार्टी सभापतिलाई तुरुन्त कार्यसमिति बनाएर महाधिवेशन सम्पन्न गर्न आग्रह गरेको छु ।’

     


    शनिवार, कार्तिक ६ २०७८०३:३४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij