Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि ६०.५६ अंकले बढ्यो शेयर बजार

ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि ६०.५६ अंकले बढ्यो शेयर बजार

  • बुधवार, कार्तिक ३ २०७८

  • 926
    SHARES

  • ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि ६०.५६ अंकले बढ्यो शेयर बजार

    काठमाडौं । बैंकहरुको ब्याजदरमा राष्ट्र बैंकले गरेको हस्तक्षेपको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन कडाइ गरेको थियो । उक्त निर्देशनको प्रभावका कारण बुधबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ ।

    लगातार घटेको बजारमा बुधबार ६०.५६ अंकले वृद्धि देखिएको हो । बुधबार बजार २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ ।

    बुधबार कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो । बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए ।


    बुधवार, कार्तिक ३ २०७८०३:३०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij