Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

  • मंगलवार, कार्तिक २ २०७८

  • 807
    SHARES

  • चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

    काठमाडौँ । चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो ।

    फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ ।

    सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।


    मंगलवार, कार्तिक २ २०७८०८:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij