Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

दशैंपछिको सेयरबजार : पहिलो दिनमै दोहोरो अंकको वृद्धि

दशैंपछिको सेयरबजार : पहिलो दिनमै दोहोरो अंकको वृद्धि

  • आइतवार, आश्विन ३१ २०७८

  • 482
    SHARES

  • दशैंपछिको सेयरबजार : पहिलो दिनमै दोहोरो अंकको वृद्धि

    काठमाडौँ । दशैं बिदापछि खुलेको सेयरबजार पहिलो दिनमै दोहोरो अंकले बढेको छ। आइतबार पुँजीबजार मापक परिसूचक (नेप्से) १७.५९ अंकले बढेर २६५६.९७ विन्दुमा उक्लिएको हो।

    नेप्सेमा आज एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१८ वटा कम्पनीका ४७ लाख ६० हजार २९५ कित्ता सेयर २१ हजार ३२८ पटक खरिद–बिक्री भएका छन्। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा उक्लिएको छ।

    आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.९७ प्रतिशतका दरले कमाएका छन्। सिटिजन्स म्युचुअल फण्ड–२ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.६६ प्रतिशतका दरले गुमाएका छन्।

    आज नबिल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै आठ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा ग्लोबल आईएमई समुन्नत स्किम–१ सबैभन्दा धेरै १५ लाख ४१ हजार ६९८ एकाइ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा धेरै ८७४ पटक किनबेच भएका थिए।

     

     

     

     


    आज म्युचुअल फण्डबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।


    आइतवार, आश्विन ३१ २०७८०५:०१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij