Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

देशभर १४७ जना कोरोना संक्रमित थपिए, ८४५ संक्रमणमुक्त

देशभर १४७ जना कोरोना संक्रमित थपिए, ८४५ संक्रमणमुक्त

  • शनिवार, आश्विन ३० २०७८

  • 546
    SHARES

  • देशभर १४७ जना कोरोना संक्रमित थपिए, ८४५ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् । यही अवधिमा ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    नेपालमा निको हुने दर ९७.०३ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ ।

    देशभर १२ हजार ५९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा रहेका छन् ।


    शनिवार, आश्विन ३० २०७८०५:३४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij