Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनल प्रवेश

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनल प्रवेश

  • बुधवार, आश्विन २७ २०७८

  • 410
    SHARES

  • साफ च्याम्पियनसिप :  नेपाल पहिलो पटक फाइनल प्रवेश

     

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपालले आजको खेलमा बंगलादेशसँग १–१ को बराबरी गरेर फाइन प्रवेश गरेको हो ।साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

    कम्तीमा बराबरी गर्नैपर्ने खेलमा नेपाल खेलको नवौँ मिनेटमै १–० ले पछि परेको थियो । तर, नेपालका लागि खेलको ८८ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे ।

    त्यसअघि ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्डको सामना गरेपछि बंगलादेश १० खेलाडीमा सिमित बनेको थियो । जिकोले पेनाल्टी क्षेत्रबाहिर आएर बल रोक्ने प्रयास गरेपछ उनले सिधै रातो कार्ड पाएका हुन् ।

    बंगलादेशका लागि खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका थिए ।

    आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ।


    बुधवार, आश्विन २७ २०७८०६:५७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij