Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

  • सोमवार, आश्विन २५ २०७८

  • 883
    SHARES

  • एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

    काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । 

    गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

    १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकले गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको थियो।

    मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ ।
    अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी पनि गराईने प्रवक्ता डबि क्षेत्रीले जानकारी दिनुभएको छ ।

    गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आएका र आउन तयार भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघले क्षमा मागेको छ ।

     


    सोमवार, आश्विन २५ २०७८०२:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij