काठमाडौं । मलेसियामा नेपाली युवक (सेक्युरिटी गार्ड)लाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले चासो देखाएको छ ।
शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कुटिने युवा को हुन् र किन कुटिए भन्नेबारे अहिलेसम्म खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।