Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राजधानी आएको ५ दिनपछि मात्र खेलाडीको परीक्षण हुने

राजधानी आएको ५ दिनपछि मात्र खेलाडीको परीक्षण हुने

  • शुक्रवार, श्रावण १६ २०७७

  • 789
    SHARES

  • राजधानी आएको ५ दिनपछि मात्र खेलाडीको परीक्षण हुने

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्यले राजधानी (काठमाडौं) प्रवेश गरेको ५ दिनपछि मात्रै कोरोना भाईरसको पीसीआर परीक्षण गर्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानी प्रवेश गरेको पाँच दिनपछि मात्र खेलाडीको कोरोना परीक्षण हुने जानकारी गराएको छ । एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुचारु गर्ने लक्ष्यसहित क्याम्पमा रहेका खेलाडीलाई राजधानी बोलाईसकेको छ ।

    कोरोनाको महामारीको बाबजुत सरकारबाट अन्तर्राष्ट्रिय खेलकुदको प्रशिक्षण गर्न भदौ १ बाट अनुमति पाएसँगै एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न लागेको हो । एन्फाले खेलाडीलाई शुक्रबारसम्म उपत्यका आइसक्नु पर्ने निर्देशन समेत दिएको छ । आज सबै खेलाडी उपत्यका आउनुहुन्छ । त्यसपछि मात्रै पीसीआर परिक्षण हुन्छ । हस्पिटलले उपत्यका छिरेको ५ दिनपछि मात्रै पीसीआर गर्न सकिने बताएको छ,’ टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले  भने ।

    एन्फाले पाटन हस्पिटलबाट खेलाडीको कोरोना परिक्षण गरिने जनाएको छ । हस्पिटलसँगको साझेदारीमा एन्फा होस्टेलमै खेलाडीको स्वाव संकलन गर्ने तयारी एन्फाले गरिरहेको छ । परिक्षणपछि मात्रै खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले तीन घरेलु खेल असोज र कार्तिकमा खेल्दैछ ।

    दशरथ रंगशालामा हुने तीन खेलका लागि एन्फाले ३४ खेलाडीलाई अभ्यासका लागि बोलाएको छ । शीर्ष डिभिजनको लिग समाप्त भएसँगै एन्फाले ३४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । तर, गत चैत ११ गतेबाट लकडाउन भएसँगै राष्ट्रिय टिमको प्रशिक्षण प्रभावित भएको थियो । मुख्य प्रशिक्षक योहान कालिनले विमल घर्ति मगर, दिनेश राजबंशी, सन्तोष तामाङ र विराज महर्जनलाई टिम बाहिर राखेका छन् ।

    नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूहको अन्तिम खेलमा नेपालले कार्तिक २७ मा जोर्डनलाई आतिथ्यता प्रदान गर्नेछ । समूह 'बी' मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेविरुद्ध जित निकालेको नेपाल समूहको चौथो स्थानमा छ ।


    शुक्रवार, श्रावण १६ २०७७०४:१०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij