Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आरम्भ चौतारी लघुवित्तमा लक्ष्मणको विदाई, लक्ष्मीप्रसादलाई स्वागत

आरम्भ चौतारी लघुवित्तमा लक्ष्मणको विदाई, लक्ष्मीप्रसादलाई स्वागत

  • शनिवार, आश्विन १६ २०७८

  • 736
    SHARES

  • आरम्भ चौतारी लघुवित्तमा लक्ष्मणको विदाई, लक्ष्मीप्रसादलाई स्वागत

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएको छ । संस्थामा ४ बर्ष ६ महिनासम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी सम्हाल्नु भएका लक्ष्मणप्रसाद घिमिरेले स्वेच्छिक अवकाश लिएपछि लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरिएको छ ।

    असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले घिमिरेले दिएको राजिनामालाई स्वीकृत गर्दै नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो । लघुवित्तको उक्त बैठकले सीईओ शर्मालाई कम्पनी सचिवको जिम्मेवारी पनि दिएको छ ।

    लघुवित्तको केन्द्रीय कार्यालय बनेपामा पूर्व सीईओ घिमिरेलाई विदाई गर्दै नवनियुक्त सीईओ शर्मालाई स्वागत गरिएको छ । नवनियुक्त सिइओलाई अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गराउदै जिम्मेबारी सुम्पिनु भएको थियो ।
    उहाँले निवर्तमान सिइओ घिमिरेले अनुकरणीय र स्मरणीय भूमिका खेलेको, हरेक चुनौतीलाई सहजै सामना गर्ने गरेको र राम्रो समन्वय गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

    नवनियुक्त सिइओ शर्माले पनि संस्थाले छोटो समयमा हासिल गरेको लोकप्रियता र उचाइलाई तिव्र रुपमा बढाउने लैजाने विश्वास अध्यक्ष पोखरेलले व्यक्त गर्नुभयो । पद त्याग गर्नु भएका सिइओ घिमिरेले आफु जिम्मेबारीमा रहँदा अध्यक्ष पोखरेलसहित सम्वन्धीत सवैबाट पर्यापत सहयोग पाएको भन्दै सवैप्रति आभार व्यक्त गर्नु भएको थियो ।

    उहाँले बित्तीय संस्थाको सफलताका लागि भविश्यमा पनि सहयोग रहिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । गत असार मसान्तसम्म यस लघुवित्तले ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

    गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १६ करोड ३६ लाख २८ हजार रुपैयाँ र निक्षेप १ अर्ब २७ करोड १७ लाख ३५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।


    शनिवार, आश्विन १६ २०७८०७:३९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij