Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा उल्लास, ५० अंकले सुधारियो

शेयर बजारमा उल्लास, ५० अंकले सुधारियो

  • बुधवार, आश्विन १३ २०७८

  • 843
    SHARES

  • शेयर बजारमा उल्लास, ५० अंकले सुधारियो

    काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

    ‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन । दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।

    बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचक (सवइन्डेक्स) हरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ ।

    धेरै बढ्ने दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । जसको शेयर मूल्य ४१ रुपैयाँ ८० पैसाले बढेर ४५९ रुपैयाँ ८० पैसा पुगेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।


    बुधवार, आश्विन १३ २०७८०३:५९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij