काठमाडौं । सरकारले आफ्नो कमजोरी लुकाउन जनतालाई संकटमा पारेको भन्दै यूथ काँग्रेस नेपालले बालुवाटार अगाडी शान्तिपूर्ण प्रर्दशन गरेको छ । नेपाल सरकार कोरोना महामारी न्यूनीकरण तथा नियन्त्रणमा चुकेको भन्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले धरपकड गरेको छ ।
प्रर्दशनमा रहेका यूथ काँग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना, केन्द्रीय सदस्य विधुत लामिछाने र मनोज पुरीसँगै वागमती प्रदेशका संयोजक दिपेश तामाङसहित अन्य कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तारपछि यूथ कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहाई गर्न जोडदार माग गरेको छ । ‘आफ्नो कमजोरी ढाक्न जनतालाई संकटमा पार्ने सरकार मुर्दावाद !’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका थिए ।
आन्दोलनमा जानेलाई पन्जा र मास्क पनि वितरण गरेकाे महामन्त्री महेश दुलालले बताउनुभयो ।