Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य तोलाको १ लाख नजिक, ९९ हजार ३ सयमा कारोबार हुँदै

सुनको मुल्य तोलाको १ लाख नजिक, ९९ हजार ३ सयमा कारोबार हुँदै

  • शुक्रवार, श्रावण १६ २०७७

  • 763
    SHARES

  • सुनको मुल्य तोलाको १ लाख नजिक, ९९ हजार ३ सयमा कारोबार हुँदै

    काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । आज (शुक्रबार) बिहीबारको तुलनामा प्रतितोला ३ सयले बढेर ९९ हजार ३ सय रुपैयाँ पुगेको हो । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    दैनिक कीर्तिमान राख्ने क्रममा सुनको मूल्य एक लाख रुपैयाँनजिक पुगेको छ । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने घटेको छ । बिहीबार स्थिर रहेको चाँदी शुक्रबार प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तय भएको छ ।


    शुक्रवार, श्रावण १६ २०७७०१:२४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij