Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रहरीको कोठामा छापा हान्दा भेटियो एक किलो सुन जस्तो देखिने धातु

प्रहरीको कोठामा छापा हान्दा भेटियो एक किलो सुन जस्तो देखिने धातु

  • शुक्रवार, श्रावण १६ २०७७

  • 783
    SHARES

  • प्रहरीको कोठामा छापा हान्दा भेटियो एक किलो सुन जस्तो देखिने धातु

    काठमाडौं । काठमाडौंमा प्रहरीकै कोठामा छापा हानेर एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो ।

    बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ । दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको बताइएको छ ।

    प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

    चाँदीमा सुनको जलप लगाउने पक्राउ

    साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।

    उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ । यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।


    शुक्रवार, श्रावण १६ २०७७०१:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij