Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा दुई विधेयक पारित

राष्ट्रियसभामा दुई विधेयक पारित

अर्को बैठक १७ गते सम्मका लागि स्थगित
  • सोमवार, आश्विन ११ २०७८

  • 754
    SHARES

  • राष्ट्रियसभामा दुई विधेयक पारित

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।
    अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुभएको थियो । छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो ।
    अध्यक्ष तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर अवरोध जारी राखेका थिए ।

    एमालेको अवरोधबीच अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अघि बढाउनुभएको थियो।
    राष्ट्रियसभाको अर्को बैठक यही असोज १७ गते दिउँसो १ बजे बस्नेछ ।


    सोमवार, आश्विन ११ २०७८०१:३२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij