Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कमेडीको फरक स्वाद चखाउने हाँस्य सिरियल ‘डोन्ट माइन्ड ल’ अब दर्शकमाझ

कमेडीको फरक स्वाद चखाउने हाँस्य सिरियल ‘डोन्ट माइन्ड ल’ अब दर्शकमाझ

  • आइतवार, आश्विन १० २०७८

  • 1.5K
    SHARES

  • कमेडीको फरक स्वाद चखाउने हाँस्य सिरियल ‘डोन्ट माइन्ड ल’ अब दर्शकमाझ

    काठमाडौँ । विभिन्न हाँस्यव्याङ्ग्य सिरियालहरुका भीडमा अर्को एउटा फरक स्वादको हाँस्य टेलिसिरियल दर्शकमाझ आएको छ । सञ्चारकर्मीसमेत रहेका कालाकार सन्तोष खनालको लेखन तथा निर्देशनमा फरक स्वाद चखाउने हाँस्य टेलिसिरियल ‘डोन्ट माइन्ड ल’ दर्शकहरुमाझ आएको हो ।

    यो हरेक हप्ताको शुक्रबार राति ९ बजे सुबिशा क्रियशन युट्यूब च्यानल र गोर्खा टेलिभिजनमा प्रशारण हुन्छ । यसको पहिलो भाग गएको शुक्रबार प्रशारण भइसकेको छ ।

    अखिल बास्तोलाको छायांकन रहेको यस हाँस्य टेलिसिरियलमा बाल कलाकार सुयशा खनाल छिन् । यसैगरी कञ्चन खड्का, श्रीना नेपाल, दिवाकर घिमिरे, सुमन सागर जङ्ग केसी, ठाकु गुरुङ, अर्जुन आचार्य, गौरव जङ्ग थापा, मोनिका राय र कविता गेलाल छन् ।

    आयुभ बास्तोला र सुजन पौडेलले सम्पादन गर्दै आएका यस हाँस्य सिरियलले सामाजिक, राजनीतिक तथा समसामयिक बिषयमा व्यङग्य गर्ने निर्देशक सन्तोष खनालले बताउनुभयो ।

    गएको शुक्रबार प्रशारित पहिलो भाग ।


    आइतवार, आश्विन १० २०७८०७:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij