Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

  • आइतवार, आश्विन १० २०७८

  • 665
    SHARES

  • एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
    काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको हो। ।एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताउनुभयो।
    ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु,’ उहाँको भनाई छ ।
    आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गर्नुभयो।
    पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्नुहुन्छ । उहाँ नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित हुनुभएको थियो।

     


    आइतवार, आश्विन १० २०७८०२:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij