Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कैलालीमा बाढीका कारण हराइरहेका दुई जनाको शव फेला, १ जना अझै बेपत्ता

कैलालीमा बाढीका कारण हराइरहेका दुई जनाको शव फेला, १ जना अझै बेपत्ता

  • शुक्रवार, श्रावण १६ २०७७

  • 634
    SHARES

  • कैलालीमा बाढीका कारण हराइरहेका दुई जनाको शव फेला, १ जना अझै बेपत्ता

    कैलाली । अविरल बर्षासँगै आएको बाढीले बेपत्ता भएका कैलालीका २ जनाको शब फेला परेको छ । बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो । बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब आज (शुक्रबार) फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टका अनुसार शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, श्रावण १६ २०७७१२:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij