Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थ मन्त्रालय

स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थ मन्त्रालय

  • शुक्रवार, आश्विन ८ २०७८

  • 748
    SHARES

  • स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थ मन्त्रालय

    काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै आलोचना भएपछि अर्थ मन्त्रालयले यसबारे भ्रम फैलाइएको स्पष्ट पारेको छ।

    स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको छ।

    ‘वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ‘बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ।’

    स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको मन्त्रालयले जनाएको छ।

    ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह नगर्न सरकारले आग्रह गरेको छ।


    शुक्रवार, आश्विन ८ २०७८०७:०४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij