Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु

  • बिहिवार, आश्विन ७ २०७८

  • 830
    SHARES

  • काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु

    काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताउनुभयो ।

    उहाँका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन् ।

    सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजार÷पसलहरुको अनुमगन गर्ने छ अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलले बताउनुभयो ।

    काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको छ ।


    बिहिवार, आश्विन ७ २०७८०१:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij