Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज उच्च अंकको सुधार, दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा आज उच्च अंकको सुधार, दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

  • बुधवार, आश्विन ६ २०७८

  • 565
    SHARES

  • नेप्सेमा आज उच्च अंकको सुधार, दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    काठमाडौँ । सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ । यस अघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको थियो । नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेको छ । धेरै घटेर पुनः बजार बढ्दा त्यसलाई बाउन्स ब्याक भएको भनिन्छ । ३ हजार २ सय अंकमा पुगिसकेको नेप्से परिसूचक २ हजार ६ सय नजिक झरिसकेको थियो । बजार घटबढको प्रक्रिया भए पनि लगातार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए ।

    केही लगानीकर्ताहरु बजारका विषयमा नकरात्मक नीति बनाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन समेत गरिरहेका छन् । नेप्से परिसूचकमा बाउन्स ब्याक आए पनि कारोबारमा भने उल्लास देखिएको छैन ।

    दिनभरमा भएका ७२ हजार ७१४ कारोबारबाट १ रोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगिसकेको छ । बजार उच्च अंकले बढ्दा एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


    बुधवार, आश्विन ६ २०७८०३:४०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij