काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नवगठित सरकारले हालसम्म १ करोड ७७ लाख ५६ हजार डोज खोप ल्याएको बताउनुभयो ।
त्यसैगरी बाँकी ३ करोड ५९ लाख डोज खोप पनि आउने सुनिश्चित भैसकेको उहाँले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । श्रेष्ठका अनुसार हालसम्म ५६ लाख जनताले पूर्ण खोप लगाइसकेका छन् ।
यतिबेला चीनबाट ल्याइएको ४४ लाख डोज खोप लगाउने काम भैरहेको छ भने विभिन्न देशबाट खोप ल्याउने क्रम निरन्तर चलिरहने पनि राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।
सरकारले दसैंसम्म १ करोड ५० लाख डोज खोप प्रदान गर्ने लक्ष्य लिएको जानकारी गराउनुभयो ।
सरकारले चिन, भारत, अमेरिका, वेलायत र जापन लगायतका देशहरुबाट खोप ल्याउने कार्य निरन्तर चलिरहेको श्रेष्ठले बताउनुभयो ।