Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा दोहोरो अंकको सुुधार

शेयर बजारमा दोहोरो अंकको सुुधार

  • मंगलवार, आश्विन ५ २०७८

  • 451
    SHARES

  • शेयर बजारमा दोहोरो अंकको सुुधार

    काठमाडौं । सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो ।

    नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ ।दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा १३ अंकले बढेर बन्द भएको हो ।

    नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

    मंगलबार बढेको बजारमा सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । यो कम्पनीको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ ।

    दोस्रोमा रुरु हाइड्रोपावरको शेयरम मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । यसैगरी तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर ३८२ रुपैयाँ पुगेको छ । यस कम्पनीले आजमात्रै ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

     


    मंगलवार, आश्विन ५ २०७८०३:५३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij