Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पार्टी विघटन गरिदिने प्रचण्डको धम्कीबारे के भन्छन् माओवादी नेताहरु?

पार्टी विघटन गरिदिने प्रचण्डको धम्कीबारे के भन्छन् माओवादी नेताहरु?

  • सोमवार, आश्विन ४ २०७८

  • 1.1K
    SHARES

  • पार्टी विघटन गरिदिने प्रचण्डको धम्कीबारे के भन्छन् माओवादी नेताहरु?

    काठमाडौँ – यस्तै हो भने बरु पार्टी विघटन पो गर्ने हो कि भन्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बारको अभिव्यक्तिलाई आफूहरुले नकारात्मक रुपमा नलिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

    जनताका लागि काम गर्न सक्ने नबन्ने हो भने माओवादी पार्टी विघटन गरौँ भन्ने प्रस्ताव प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत दोहो¥याइरहनुभएको छ ।

    आज बिहान पनि अरु पार्टी भन्दा फरक र जनताको प्रिय बन्न नसक्ने हो भने पार्टी विघटन गर्दा उचित हुने धारणा व्यक्त उहाँले र्नुभएको थियो ।

    सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले नेता कार्यकर्ता नसुध्रिने हो भने अहिलेकै हालतको माओवादी पार्टी आवश्यक नरहने दोहो¥याउनुभयो ।

    प्रचण्डले नसच्चिने हो भने पार्टी विघटन गरिदिने भन्दै बेला बेला दिइरहेको धम्कीलाई माओवादी केन्द्रका नेताहरुले भने सकारात्मक रुपमा नै बुझेको बताएका छन् ।

    नेता कार्यकर्तालाई सुध्रिन अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको रुपमा यी अभिव्यक्तिलाई बुझ्न सकिने राष्ट्रियसभा सदस्य समेत रहनुभएका माओवादी नेता दिनानाथ शर्माले बताउनुभयो ।

    झट्ट सुन्दा अध्यक्ष प्रचण्डले पार्टी विघटनको प्रस्ताव गरेको जस्तो सुनिए पनि श्रृङ्खलाबद्ध रुपमा उहाँका भाषणहरु सुन्दा आफहरुमा उत्साह थपिएको पार्टीका अर्का नेता देवेन्द्र पौडेल बताउनुहुन्छ ।

    माओवादी नेता कार्यकर्ताहरु बिग्रिने हैन सच्चिएर अघि बढ्नुपर्छ भन्ने रुपमा प्रचण्डका यी अभिव्यक्तिलाई लिनुपर्ने उहाँले बताउनुभयो ।

    कतिपयले अब माओवादी केन्द्रको शक्ति क्षयिकरण हुँदै गएपछि प्रचण्डमा निराशा पैदा भएको रुपमा उहाँका अभिव्यक्तिहरुलाई लिन सकिने बताइरहेका छन् ।

    तर नेता शर्माले भने माओवादी पार्टीभित्र निराशा पैदा भएको कुरालाई अस्वीकार गर्नुभयो । परिवर्तनका लागि संघर्ष गरिरहेको पार्टीमा निराशाले ठाउँ नपाउने उहाँको तर्क छ ।

    एमालेसँगको एकीकरण भंग भएपछि प्रचण्डले बेला–बेला माओवादी केन्द्र विघटन गर्ने प्रस्ताव गरिरहनुभएको छ ।

    तर नेता कार्यकर्ता सच्चिएर अगाडि बढ्ने हो भने माओवादी पार्टीलाई फेरि एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने भाषण दिन पनि उहाँले छुटाइरहनुभएको छैन ।

    बेला बेला पार्टी विघटन गरिदिने प्रचण्डको धम्कीले माओवादी पार्टीभित्र भने खैलाबैला मच्चिएको छ ।


    सोमवार, आश्विन ४ २०७८०७:३३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij