Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयरबजारमा उच्च अंकको गिरावट

सेयरबजारमा उच्च अंकको गिरावट

  • सोमवार, आश्विन ४ २०७८

  • 632
    SHARES

  • सेयरबजारमा उच्च अंकको गिरावट

    काठमाडौं । लगातार ओरालो लागेको सेयरबजारमा आज पनि उच्च अंकको गिरावट आएको छ।साताको पहिलो कारोबार दिन आज नै नेप्से ११४.०२ अंकले घटेको हो। यससँगै नेप्से २६९८.२५ विन्दुमा ओर्लिएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल १८५ वटा कम्पनीका एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर एक लाख सात हजार ५९६ पटक खरिद–बिक्री हुदा आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    कारोबार भएकामध्ये चार वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १८१ कम्पनीको सूचक नकारात्मक बनेको छ। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा ओर्लिएको छ।

    आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतले कमाएका छन्। गुडविल फाइनान्ससहित सातवटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको थियो।आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

     


    सोमवार, आश्विन ४ २०७८०४:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij