Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बूढीगण्डकी जलविद्युत आयोजनाको काम ढिलो हुनु लज्जास्पदः भट्टराई

बूढीगण्डकी जलविद्युत आयोजनाको काम ढिलो हुनु लज्जास्पदः भट्टराई

  • सोमवार, आश्विन ४ २०७८

  • 640
    SHARES

  • बूढीगण्डकी जलविद्युत आयोजनाको काम ढिलो हुनु लज्जास्पदः भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ ।

    आज बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दवाबमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि सम्पन्न हुन नसक्नु लज्जास्पद र विडम्बनापूर्ण भएको बताउनुभयो ।

    उहाले आफू प्रधानमन्त्री हुँदा बूढीगण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारी बुढीगण्डकी विकास समिति बनाएर अन्र्तराष्ट्रिय संस्थामार्फत डिपिआर बनाउने र यसको विस्तृत परियोजना अनुरुप कार्यान्वयन गर्ने प्रक्रिया र मुआब्जा वितरण गर्ने प्रक्रिया शुरु भएको भएपनि विचौलियाका कारण हालसम्म काम सम्पन्न नहुनु दुःखद भएको बताउनुभएको छ ।

    बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितहरुले राखेको विभिन्न मागहरु पुरा गर्न सरकार जिम्मेवार नभएको भन्दै आजदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा दबाबमूलक धर्ना सुरु गरेका हुन् ।

     

     


    सोमवार, आश्विन ४ २०७८०४:१२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij