Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

यी २८ कलाकारले पाउने भए विभूषण (नामसहित)

यी २८ कलाकारले पाउने भए विभूषण (नामसहित)

  • आइतवार, आश्विन ३ २०७८

  • 1.5K
    SHARES

  • यी २८ कलाकारले पाउने भए विभूषण (नामसहित)

    काठमाडौं । सरकारले दिवसका अवसरमा विभूषित गर्ने सूचीमा दर्जनौ पत्रकारहरू पनि परेका छन् उनीहरुलाई विभिन्न मान–पदवी, अलङ्कार र पदकबाट विभूषित गरिने भएको हो ।

    आज सार्वजनिक भएको सूचीअनुसार सु–प्रवल जनसेवाश्री पदक पाउने कलाकारहरुमा गीतकार कालिप्रसाद रिजाल, भजन शिरोमणि तथा संगीतकार भक्तराज आचार्य, कलाकार गौरी मल्ल, रहेका छन् । त्यसैगरी कृतिमय राष्ट्रदीप पदक संगीतकार सम्भुजीत बास्कोटाले पाएका छन् ।

    त्यस्तै प्रवल जनसेवा श्री पदकबाट कलाकारहरु रमेश बुढाथोकी, दिपा श्री निरौला, हेमन्त बुढाथोकी, चन्द्र प्रसाद शर्मा, कुलेन्द्र वि.क, देविका प्रधान, विष्णु माझी, नवल खड्का, प्रकाश घिमिरे, कस्तुप पन्त विभूषित भएका छन् ।

    यसैगरी जनसेवाश्री हेमन्त शर्मा, प्रकाश सपुत, केकी अधिकारी, अनमोल केसी, कमल गाउँले, मिलन चाम्लिङ राई, महेश प्रसाद हाडा, नविन कुमार पौडेल, सुजल बम, तेरिया फौजा मगर, शिवशंकर रिजाल ‘जोगेन्द्र’ राजकुमार राई, रन्जु झा, राधिका हमाल, पदकबाट सम्मान गरिने भएको छ ।

     


    आइतवार, आश्विन ३ २०७८०९:४६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij