काठमाडौं । गुल्मीमा बाढी पहिरोले घर बगाउँदा विस्थापित भएकाहरुलाई पूर्व मन्त्री गोकर्ण बिष्टले नमुना बस्ती बनाईदिने उद्घोष गर्नुभएको छ ।
गत असार १८ गते राति ईस्मा गाउँपालिका–१ को तरिखर्क, मल्दी ढाँडाफाँट जुकेपानी, वडा नम्वर ४ को ढाँडा न्वाँला लगायतका स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु हुनका साथै ५ जना घाईते भएका थिए । पहिरो गएको क्षेत्र आसपासका दर्जनौं घर जोखिममा परेका छन् भने कयौं परिवार विस्थापित भएका छन् ।
वर्षायाम पछाडि स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट रकम विनियोजन गरि विस्थापितहरुलाई नमुना बस्ती बनाउने काममा आफुले पहल गर्ने मन्त्री बिष्टको भनाइ छ ।