Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मल्लीको नेतृत्वमा एल. पी. ग्याँस उद्योग संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

मल्लीको नेतृत्वमा एल. पी. ग्याँस उद्योग संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

  • आइतवार, आश्विन ३ २०७८

  • 526
    SHARES

  • मल्लीको नेतृत्वमा एल. पी. ग्याँस उद्योग संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

    काठमाडौं । नेपाल एल. पि. ग्याँस उद्योग संघको नयाँ कार्यसमिति कुशप्रसाद मल्लीको नेतृत्वमा निर्विरोध निर्वाचित भएको छ । मल्ली यसअघि संघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

    नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष गोकुल भण्डारी र विशिष्ट सदस्य राजेन्द्र डल्लाकोटीलाई पनि राखिएको निर्वाचन समितिले जनाएको छ ।

    संघको वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ, उपाध्यक्षमा मनोज कुमार दास र दिवान चन्द, महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज वर्तौला र सचिवमा आशिष अग्रवाल जर्जोदिया निर्वाचित हुनुभएको छ ।

    कुल १९ सदस्य कार्यसमितिमा अरु १० जना कार्यसमिति सदस्य रहेका छन । संघको २६ औं साधारण सभा तथा १० औं अधिवेशनले सहमतीमा नयाँ कार्य समिति गठन गर्नका लागि प्रयास गर्न निवर्तमान अध्यक्ष गोकुल भण्डारीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो ।

     


    आइतवार, आश्विन ३ २०७८०७:५३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij