Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाउने सरकारको निर्णय

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाउने सरकारको निर्णय

  • बिहिवार, श्रावण १५ २०७७

  • 648
    SHARES

  • विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ

    गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको छ । विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले बताउनुभयो ।

    सरकारले शैक्षिक सत्र २०७७/७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ ।


    बिहिवार, श्रावण १५ २०७७०४:३९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij