Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप १५ सय ११ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

थप १५ सय ११ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

  • बिहिवार, भाद्र ३१ २०७८

  • 565
    SHARES

  • थप १५ सय ११ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेका छन् । जसमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

     


    बिहिवार, भाद्र ३१ २०७८०५:१०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij