Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजारको ओरालो यात्रा साताभर कायम

शेयर बजारको ओरालो यात्रा साताभर कायम

  • बिहिवार, भाद्र ३१ २०७८

  • 1.0K
    SHARES

  • शेयर बजारको ओरालो यात्रा साताभर कायम

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो ।

    भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ । आज कुल २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबारबाट १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन कुल ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
    आज सबै उपसमूह राताम्मे रह्यो ।

    सबैभन्दा बढी वित्त, हाइड्रोपावर, विकास बैंक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।
    आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो ।

    सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स, लिवर्टी इनर्जीलगायत कम्पनीका लगानीकर्ता छन् । बिहीबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो ।


    बिहिवार, भाद्र ३१ २०७८०३:४९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij