Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निर्माताहरूको आग्रहः ‘फिल्म निःशुल्क चलाऔं तर सिने क्षेत्र चलायमान बनाऔं’

निर्माताहरूको आग्रहः ‘फिल्म निःशुल्क चलाऔं तर सिने क्षेत्र चलायमान बनाऔं’

  • बिहिवार, भाद्र ३१ २०७८

  • 885
    SHARES

  • निर्माताहरूको आग्रहः  ‘फिल्म निःशुल्क चलाऔं तर सिने क्षेत्र चलायमान बनाऔं’

    काठमाडौं । कोरोना संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन एउटा फिल्मका निर्माता समूहले नयाँ प्रस्ताव अघि सारेको छ।

    गत वर्ष माघ १ गते नेपालभरि रिलिल भएको नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को निर्माण समूहले फिल्म निःशुल्क चलाउन हल सञ्चालकसँग आग्रह गरेको हो। अहिले लगानी नउठे पनि सिने क्षेत्र चलायमान बनाउनुपर्ने पक्षमा निर्माण समूह छ।

    निर्माता एवं अभिनेता शिव श्रेष्ठ भन्छन्, ‘कोरोनाको पहिलो लहरताका बन्द भएका सिनेमा हल खोल्ने प्रयास हामीले गरेका थियौं। अहिले संक्रमण कम हुँदै जाँदा सरकारले हल सञ्चालनको अनुमति दिएको छ तर, लगानीकर्ताले तेस्रो लहर आउन सक्ने भन्दै जोखिम उठाउन नचाहेकाले हामीले निःशुल्क चलाउन दिने घोषणा गरेको छौं।’ उनले देशको कला क्षेत्र कोमामा जानु नहुने बताए।

    आयुष्मान–प्रियंका, वर्षा–संजोगको जोडीलगायत, बसुन्धरा भुषाल, शिव श्रेष्ठ, मिथिला शर्मा लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेश सापकोटाले गरेका छन्। फिस्टेल मुभिजको ब्यानरमा फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन्। खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह–निर्माता हुन्।

    यो फिल्मको लागि विश्व नेपाली र अस्मिता परियारले गाएको ‘तिम्रो आँखाबाट म संसार देख्न चाहन्छु’ गीत धेरैले मन पराएका छन्।

     


    बिहिवार, भाद्र ३१ २०७८०७:०३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij