Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कालीकोटको सान्नी त्रिवेणिमा पहिरो : दुईजनाको मृत्यु

कालीकोटको सान्नी त्रिवेणिमा पहिरो : दुईजनाको मृत्यु

  • बिहिवार, श्रावण १५ २०७७

  • 772
    SHARES

  • कालीकोटको सान्नी त्रिवेणिमा पहिरो : दुईजनाको मृत्यु

    सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर–६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो ।

    बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

    एसएसपी बास्तोलाका अनुसार पर्शुराम संज्याल पहिरोमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएकी तारा संज्यालको भने शव निकालिएको प्रहरीले जनाएको छ ।

    बुधबार मात्रै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको थियो ।


    बिहिवार, श्रावण १५ २०७७०४:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij