Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

दुई दिन सुधार आएको सेयर बजार आज फेरि ओरालो

दुई दिन सुधार आएको सेयर बजार आज फेरि ओरालो

  • मंगलवार, भाद्र २९ २०७८

  • 530
    SHARES

  • दुई दिन सुधार आएको सेयर बजार आज फेरि ओरालो

    काठमाडौं । दुई दिन सुधार आएपछि फेरी सेयर बजार ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार ७१ र हिजो सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको हो ।

    कारोबार सुरु हुँदा बढेपनि अन्त्यमा १८ अंकले घटेर नेप्से परिसूचक २९ सय २९ अंकमा आइपुगेको छ । यसक्रममा आज १ करोड ६ लाख कित्ता सेयर किनबेच भइ ५ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    बजार घटेको दिन कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २७७ अंक, जीवन बीमा समूह १४४ अंक र उत्पादनमूलक समूहमा ६७ अंकको गिरावट आएको छ ।

    नेप्से परिसूचक घटेपनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा सानिमाको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।

     


    मंगलवार, भाद्र २९ २०७८०४:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij