Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक, एमालेद्वारा बहिस्कार

संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक, एमालेद्वारा बहिस्कार

  • सोमवार, भाद्र २८ २०७८

  • 999
    SHARES

  • संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक, एमालेद्वारा बहिस्कार

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ । संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक बसिरहको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

    प्रमुख विपक्षी दल नेकपा एमालेका प्रतिनिधि भने बैठकमा सहभागी छैनन् । एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएको थियो ।

     


    सोमवार, भाद्र २८ २०७८०३:३३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij