Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नयाँ संक्रमित थपिनेको संख्या एक हजार भन्दा कम

नयाँ संक्रमित थपिनेको संख्या एक हजार भन्दा कम

  • आइतवार, भाद्र २७ २०७८

  • 622
    SHARES

  • नयाँ संक्रमित थपिनेको संख्या एक हजार भन्दा कम

    काठमाडौँ – नेपालमा देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

    यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्।

    आइतबार थपिएका संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका छन्।

    थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।

    यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ।

    कुल संक्रमितमध्ये निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ।


    आइतवार, भाद्र २७ २०७८०५:३७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij