Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले भने, - मैले पनि एक्लो छु भन्नुपर्ने पो हो कि!

प्रचण्डले भने, - मैले पनि एक्लो छु भन्नुपर्ने पो हो कि!

  • आइतवार, भाद्र २७ २०७८

  • 976
    SHARES

  • प्रचण्डले भने, - मैले पनि एक्लो छु भन्नुपर्ने पो हो कि!

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ औं शताब्दीको समजावदको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको बताउनुभएको छ ।

    आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले त्यसका लागि प्रयास पनि भइरहेको बताउनुभयो ।

    विभाजित भएर केही पनि नहुने भन्दै प्रचण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिनुभयो ।

    ‘एक चरण विभाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, ‘त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन । त्यसकारण फेरि एक ठाउँमा आएर हेरम् ।’

    प्रचण्डले कहिलेकाहीं माओलेझैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाउनुभयो ।

    कार्यक्रममा प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिनुभएको हो ।

    ‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उहाँले भन्नुभयो, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि? त्यस्तो चित्र दिमागमा आउँछ ।’

     


    आइतवार, भाद्र २७ २०७८०५:३२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij