Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

‘इनफ इज इनफ’का अभियन्ताहरुको आरोपः ‘नेपाल प्रहरी होइन’, ‘नेकपा प्रहरी’

‘इनफ इज इनफ’का अभियन्ताहरुको आरोपः ‘नेपाल प्रहरी होइन’, ‘नेकपा प्रहरी’

  • बिहिवार, श्रावण १५ २०७७

  • 946
    SHARES

  • ‘इनफ इज इनफ’का अभियन्ताहरुको आरोपः ‘नेपाल प्रहरी होइन’, ‘नेकपा प्रहरी’

    काठमाडौं । ‘इनफ इज इनफ’का अभियन्ताहरुले नेपाल प्रहरीको विरोध गर्दै विहीबार महेन्द्र पुलिस क्लव प्रर्दशनीमार्ग अगाडी शान्तिपुर्ण रुपमा धर्ना दिएका छन् ।

    ‘सूचनाको हक’को निवेदन दर्ता गर्न हिजो गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना अभियन्ता पक्राउ परेपछि आक्रोशित उनीहरुले आज धर्ना दिएका हुन् । उनीहरुले नेपाल प्रहरीलाई नेकपा प्रहरीको जस्तो व्यवहार गरेको भन्दै आक्रोश पोखेका छन् ।

    अभियन्ताहरुले आफुहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएको १२ बुँदे सहमतिलगायतका नारासहित विरोध जनाएका हुन् । उनीहरुले सरकार जघन्य शासनतर्फ उन्मुख रहेको, अधिकांश मिडियाकर्मी र न्यायपालिकाहरु नै खरिद र बिक्रीमा रहेको आरोप लगाउँदै यस्तो परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

    प्रदर्शनकारीहरुले केही समयअघि देखि नै पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् ।


    बिहिवार, श्रावण १५ २०७७०१:५९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij