Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मास्क नलगाई हिँड्ने २ लाख ८ हजारभन्दा बढी कारबाहीमा

मास्क नलगाई हिँड्ने २ लाख ८ हजारभन्दा बढी कारबाहीमा

  • बिहिवार, श्रावण १५ २०७७

  • 730
    SHARES

  • मास्क नलगाई हिँड्ने २ लाख ८ हजारभन्दा बढी कारबाहीमा

    काठमाडौं । लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले कारबाही गरेको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भन्दै सरकारले अनिवार्य मास्क लगाउन भनेपनि बेवास्ता गरेर मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेहरुलाई कारबाही गरिएको प्ररहीले जनाएको छ ।

    कारबाहीमा परेकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ । त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै ९ हजार २ सय ६९ जनालाई संक्रामक रोग ऐन–२०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ ।

    पक्राउ पर्नेमध्ये एक लाख ३० हजार ६ सय ४८ जना पुरुष र ७७ हजार ५ सय १० जना महिला रहेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रामक रोगसम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


    बिहिवार, श्रावण १५ २०७७०१:१४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij