Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

१५ किलो सुन प्रकरण : तीन जना पक्राउ

१५ किलो सुन प्रकरण : तीन जना पक्राउ

  • बिहिवार, श्रावण १५ २०७७

  • 693
    SHARES

  • १५ किलो सुन प्रकरण : तीन जना पक्राउ

    काठमाडौं । प्ररहीले काठमाडौंबाट ‘सुन’ भनेर बरामद गरेको १५ किलो पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना पक्राउ परेको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ ।

    उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो ।


    बिहिवार, श्रावण १५ २०७७१२:४१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij