Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पहिलो हाफमा नेपाल–भारत गोलरहित बराबरीमा

पहिलो हाफमा नेपाल–भारत गोलरहित बराबरीमा

  • आइतवार, भाद्र २० २०७८

  • 879
    SHARES

  • पहिलो हाफमा नेपाल–भारत गोलरहित बराबरीमा

    काठमाडौँ – नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।

    काठमाडौँको दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले पाएका केही राम्रा मौका सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बनेको हो ।

    भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन परिवर्तन गरेको थियो। अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्। सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।

    नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।

    यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

    खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो।

    नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।


    आइतवार, भाद्र २० २०७८०६:२२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij