Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विवेकशील नेपाली दलले भन्योः गृह र स्वास्थ्यमन्त्रीले माफी माग्दै राजीनामा दिनुपर्छ

विवेकशील नेपाली दलले भन्योः गृह र स्वास्थ्यमन्त्रीले माफी माग्दै राजीनामा दिनुपर्छ

  • बिहिवार, श्रावण १५ २०७७

  • 691
    SHARES

  • विवेकशील नेपाली दलले भन्योः गृह र स्वास्थ्यमन्त्रीले माफी माग्दै राजीनामा दिनुपर्छ

    काठमाडौं । विवेकशील नेपाली दलले गृहमन्त्री र स्वास्थ्यमन्त्रीले कोभिड–१९ इनफ इज इनफका अभियन्ताहरुसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएको छ ।

    गृह मन्त्रालयमा सूचनाको हकसम्बन्धी निवेदन दर्ताका लागि सिंहदरबारको गेटमा अनुमतिका लागि पर्खिएका इनफ इज इनफका अभियन्ताहरुलाई अपहरण शैलीमा पक्राउ गरिएको घटनाप्रति दलकी उपाध्यक्ष अजिता राईले विज्ञप्ति जारी गर्दै भत्र्सना गर्नुभएको छ ।

    पक्राउ परेका अभियन्ताहरुलाई साँझ छाड्ने क्रममा दुर्व्यवहार गरेको घटनाप्रति दलले निन्दा गरेको समेत उपाध्यक्ष राईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

    सूचनाको हकको संरक्षण, संवर्द्धन तथा प्रचलन गर्ने कामको लागि गठित स्वतन्त्र राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगमा भएको यस किसिमको गम्भीर अवरोधबारे सरकारलाई आवश्यक निर्देशन देओस् भन्ने माग पनि दलले राखेको छ ।


    बिहिवार, श्रावण १५ २०७७११:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij